तपाईँ सुन्दै हुनुहुन्छः

आज करम पूजा पर्व: कोशी प्रदेश सरकारद्वारा सार्वजनिक बिदा

मोरङ । आदिवासी झाँगड, उराउँ समुदाय आज आफ्नो सांस्कृतिक पर्व करम पूजा मनाई रहेका छन् ।

विशेषत पूर्वी नेपालको मोरङ, सुनसरी, झापा,पर्सा लगायतका जिल्लाहरूमा बसोबास गर्ने सो समुदायको साँस्कृतिक पर्वका लागि कोशी प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

झाँगड (उराँव) ,  मुडियारी, ,  खडियारी लगायत समुदायहरूले यस पर्व मनाउने गर्दछन् । यस पर्वमा सो समुदायले जातीय परम्परा, रीतिरिवाज , संस्कार संस्कृति अनुसार विधि पूर्वक करमको हाँगालाई पूजाआजा गरी सुख , शान्ति, सु स्वास्थ्य, दीर्घायु , मनोकामना, समृद्धि को कामना सहित एक आपसमा  शुभकामना आदान प्रदान  गरी मनाउने गरेको पाइन्छ ।

करम  पर्वमा  जातीय कला कौशल, गीत, नृत्य, भेषभूषा, बाजागाजा, सहित मौलिक  नाचगान गरी सामूहिक रूपमा  मनाउने चलन रहिआएको पाइन्छ। नेपालमा उराँव, मुडियारी, खडियारी समुदायहरू लगायतले झाँगड लेख्ने गरेको पाइन्छ  ।  

कोशी प्रदेश सरकारको यही २०८१ भाद्र २८ गते (मन्त्रीपरिषद्) को निर्णय  अनुसार करम पर्व मनाउने समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।  

करम पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेकोमा कोशी प्रदेश सरकारलाई स्वागत गर्दै सो समुदायले देशभरनै सार्वजनिक बिदा दिनुपर्ने माग समेत गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button