तपाईँ सुन्दै हुनुहुन्छः

संविधान दिवसको अवसरमा नेपालगन्ज म्याराथनको १० किमी रात्रिदौड आयोजना हुने

बाँके । नेपालगन्जमा असोज ३ गते १० किमी रात्रीदौड आयोजना गरिने भएको छ। धारा नेपालगन्ज म्याराथनको १० औँ संस्करणलाई उत्सवमय बनाउन ‘दशौंमा दश इभेन्ट’ अन्तर्गत यो दौडको सुरुवात गरिंदैछ।

यो पहिलोपटक आयोजना हुन लागेको नाइट रनमा व्यवसायिक धावक तथा कम्तीमा ५ किमी दौडको अनुभव भएका धावक(धाविकालाई मात्र सहभागी गराइने आयोजकले जनाएको छ। पुरुष, महिला, र भेट्रानतर्फ स्पर्धा गराइने यो प्रतियोगितामा १० किमी दौडसँगै अन्यको लागि फन रन पनि समावेश गरिएको छ।

पुरुष र महिलातर्फका शीर्ष तीन विजेतालाई क्रमशः नगद २५ हजार, १५ हजार, र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने भेट्रानतर्फ १५ हजार, १० हजार, र ५ हजार रुपैयाँ पुरस्कार राखिएको छ। नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले यसबारे जानकारी दिँदै रात्रिकालीन दौडको विशिष्ट प्रकृतिलाई ध्यानमा राख्दै विशेष व्यवस्थापन, तयारी, र सुरक्षा प्रबन्ध मिलाइएको बताउनु भयो।

क्रियटिभ ह्याण्डस्ले आयोजना गर्ने धारा नेपालगन्ज म्याराथनको १० औँ संस्करण २२ मङ्सिर, २०८१ शनिवारका दिन हुने घोषणा भइसकेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button