तपाईँ सुन्दै हुनुहुन्छः

गौरीगञ्जमा आगलागी, ३१ लाखको क्षति

झापा । झापाको गौरीगंजमा भएको आगलागीबाट करिब ३१ लाख बराबरको क्षति भएको छ ।

आज बिहान ९ बजेतिर झापा गौरीगंज गाउँपालिका–६ देवकोटा टोल बस्ने कृष्ण राजवंशीको घरमा आगलागी भएको हो ।

टिनको छाना भएको, इँटा र सिमेन्टको गारो भएको राजवंशीको ५ कोठे पक्की घरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो । आगलागीबाट राजवंशीको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । घरभित्र रहेको नगद ५ लाख ५० हजार, साँढे ३ तोला सुन, चाँदी ५० तोला, अन्नपात, काठ, लत्ताकपडा, भाडावर्तन र कागजपत्र गरी अन्दाजी २५ लाख बराबरको क्षति भएको छ ।

त्यस्तै सोही घरमा डेरा गरी बस्ने मेघनाथ राजवंशी र मोहन दासको पनि क्षति भएको छ । गौरीगंज गाउँपालिका–६ घर भई सोही घरमा डेरा गरी बस्ने लेखापढी व्यवसायी राजवंशीको कोठाभित्र रहेको नगद १० हजार, सुन २ तोला, चाँदी ७ तोला, अन्नपात, लत्ताकपडा, भाडावर्तन, कागजपत्र, नागरिकता ५० वटा, धनी पुर्जा ४० वटा जलेर नष्ट भएको हो । उनको ४ लाख बराबरको क्षति भएको जनाइएको छ ।

त्यस्तै गौरीगंज गाउँपालिका–६ घर भई सोही घरमा डेरा गरी बस्ने दासको कोठाभित्र रहेको चाँदी १० तोला, अन्नपात, लत्ताकपडा, भाडावर्तन र कागजपत्र जलेको छ । उनको पनि करिब २ लाख बराबरको क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय गौरीगंजको टोली, गौरादह, दमक र कमलको दमकल तथा स्थानीय बासीको सहयोगमा १०ः०५ बजे आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button