तपाईँ सुन्दै हुनुहुन्छः

संविधान जारी भएपछि जनताको जीवनस्तरमा सुधार आएको छ: उपप्रधानमन्त्री सिंह

धनगढी । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको संविधान २०७२ जारी पछि नेपाली जनताको जीवनस्तरमा सुधार आएको बताउनु भएको छ । 

धनगढीमा आज धनगढी उपमहानगरपालिकाको १०औँ स्थापना दिवस विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले व्यवस्था परिवर्तन भएसँगै पूर्वाधार विकास लगायत समग्र क्षेत्रमा उल्लेखनीय काम भएको बताउनु भयो ।

उपप्रधानमन्त्री सिंहले धनगढी उपमहानगरले विकास लगायतका क्षेत्रका गरेका काम कारबाही प्रशंसनीय रहेको बताउनु भयो ।

उहाँले दलिए सहमतिमा संविधान संशोधन हुने उल्लेख गर्नुहुँदै मुलुकको विकास, समृद्धि र सुशासनका लागि प्रमुख दल (काँग्रेस र एमाले) को सरकार गठन भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button