तपाईँ सुन्दै हुनुहुन्छः

उपसभामुख राना रूसी महासङ्घ प्रस्थान

काठमाडौँ । उपसभामुख इन्दिरा राना यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने सिलसिलामा आज संयुक्त अरब इमिरेट्सकाे दुवोतर्फ प्रस्थान गर्नुभएको छ । त्यहाँबाट राजधानी मस्को हुँदै सेन्टपिटर्सवर्ग पुग्नुहुनेछ । 

रूसी महासङ्घ र इन्टरपार्लियामेन्ट्री एसेम्बली अफ द कमनवेल्थ अफ इनिडपेन्डेन्ट स्टेट्सले आयोजना गरेको फोरमलाई उहाँले असोज ३ गते सम्बोधन गर्ने कार्यक्रम रहेको उपसभामुखको निजी सचिवालयले जनाएको छ । उहाँ असोज ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button