तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा ३ युवकमाथि खुकुरी प्रहार, २ जना पक्राउ 

डोटी । डोटीमा गएराती साढे १ बजेको समयमा धारिलो हतियार खुकुरी प्रहारबाट ३ युवक घाइते भएका छन् भने दुई जना पक्राउ परेका छन् ।

घाइते हुनेमा जिल्लाको जोरायल गाउँपालिका वडा न-४ काफली बस्ने २१ वर्षीय महेश बोहरा सोही ठाउँ बस्ने २१ वर्षीय युवराज बोहरा र सोही ठाउँका २१ वर्षीय किशोर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । 

महेश बोहरा र युवराज बोहरालाई थप उपचारको लागी सेती प्रादेशिक अस्पताल धनगढी कैलाली पठाएको र किशोर बोहराको सरस्वती नगर प्राथमिक स्वास्थ्य केन्द्र चनकट्टे जोरायलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक ९ डिएसपी० भिमलाल भट्टराईले बताउनुभयो । 

सोही ठाउँ थलि स्थित केदार देवताको मन्दिरमा लागेको पूजापाठ तथा धार्मिक मेलामा फोटो भिडियो खिच्ने विषयमा विवाद भई झैझगडा हुँदा ३ युवक माथि खुकुरी प्रहार गर्ने कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नं। ३ शान्तिपुरका २७ वर्षीय आदर्श बिक्रम विष्टलाई प्रहरीले पक्राउ गरेको छ । युवकमाथि खुकुरी प्रहार गरी फरार रहेका आदर्श बिक्रम बिष्ट र चुरेका ३ का २२ वर्षीय पवन साउँदलाई भाग्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बिपिनगर डोटीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । 

सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको डोटी प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button