तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

रुपन्देही । लुम्बिनी प्रदेश सभाको चालू अधिवेशन सोमबार राती १२ बजे देखि लागू हुनेगरी अन्त्य भएको छ ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले चालु अधिवेशन अन्त्य गर्नु भएको हो । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको थियो । 

मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसको आधारमा प्रदेश प्रमुख घर्तीमगरले संविधानको धारा १८३ को उपधारा २ बमोजिम चालु अधिवेशन अन्त्य गर्नु भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेलवासेले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशसभाको चालु अधिवेशनमा ३५ वटा बैठक बसेका थिए। यो अवधिमा प्रदेश सभाले स्थानीय सेवा विधेयक, विपद् व्यवस्थापन विधेयक, प्रदेश निजामती कर्मचारी संशोधन विधेयक र आर्थिक वर्ष २०८१/०८२ को वजेट खर्च गर्नका लागि बनेको विनियोजन विधेयक पारित गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button