तपाईँ सुन्दै हुनुहुन्छः

जिप दुर्घटनामा घाइते दुई जनाको मृत्यु 

सल्यान । सल्यानमा बोलेरो जिप दुर्घटनामा परी घाइते भएका दुईजनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका-४ फलाबाङ्गबाट लुहाम बजार आउँदै गरेको रा १ च १०४३ नम्बरको बोलेरो जिप सोमबार बेलुकी पुतली दरबार नजिकै दुर्घटना हुँदा भएको थियो । दुर्घटनामा परी  गम्भीर घाइते भएका ५५ वर्षीय टोपबहादुर साहु र ५२ वर्षीय लाली रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

घाइते भएका साहुको गएराती सल्यान जिल्ला अस्पताल र रावतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा  उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो ।

उहाँका अनुसार अन्य घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ घोराहीमा उपचार भइरहेको छ । घाइते तीनै जनाको अवस्था सामान्य रहेको उहाँको भनाई छ । 

सडक बिग्रेकाले जिप अनियन्त्रित भएर दुर्घटनामा परेको उहाँले जानकारी दिनु भयो । उहाँका अनुसार दुर्घटनामा परेको जिप सडकदेखि २५ मिटर तल खसेको छ ।

सोमबार बेलुकी जिप दुर्घटना हुँदा त्रिवेणी गाउँपालिका-३ घर भएका चालक २८ वर्षीय कमल रेउले, वडा न-४ का वर्ष ५५ का टोपबहादुर साहु, वर्ष ५५ की लाली रावत, वर्षका ४० की पूर्णकला बस्नेत, वर्ष २९ का रबिन्स महतरा घाइते भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button