तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश : निजामती सेवा ऐन संशोधन विधेयक सर्वसम्मतिले पारित

दाङ। लुम्बिनी प्रदेश सभाले निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ।

सोमबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले पेश गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

गत शुक्रवारको बैठकमा प्रस्तुत संशोधन विधेयकमा ५ वटा संशोधन प्रस्ताव परेका थिए, जसलाई दोस्रो बैठकले छलफलका लागि प्रदेश मामिला तथा कानून समितिमा पठाएको थियो। दिल कुमारी बुढाको संयोजकत्वमा रहेको समितिले दफावार छलफलपछि प्रतिवेदनसहित विधेयकलाई प्रदेश सभामा पेश गरेको थियो।

साथै, लुम्बिनी प्रदेश सरकारले चौथो अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ। वर्षे अधिवेशनमा ३५ वटा बैठक सम्पन्न भएको थियो, जसमा स्थानीय सेवा विधेयक, विपद व्यवस्थापन विधेयक, निजामती सेवा संशोधन विधेयक र आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयक पारित भएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button