तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशको प्रेस रजिस्ट्रारमा भण्डारी

पोखरा । गण्डकी प्रदेशको प्रेस रजिस्ट्रारमा हालै नियुक्त हुनुभएका बिमला भण्डारीले आज सपथ ग्रहण गर्नुभएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भण्डारीलाई आज एक समारोहका बिच सपथ ग्रहण गराउनुभएको हो ।

पदभार ग्रहण गर्दै अध्यक्ष भण्डारीले प्रदेशको आम सञ्चारको पक्षमा र पत्रकारहरूको हकहितको लागि नेपालको संविधानले दिएको अधिकारको आधारमा जिम्मेवार भएर काम गर्ने बताउनुभयो । कानूनलाई पालना गरी धेरै ऐन कानुनहरू बनाउनुपर्ने भएकोले अवसर र चुनौती उत्तिकै भएको उहाँको भनाई थियो ।

त्यस अवसरमा मुख्यमन्त्री पाण्डेले प्रेस रजिस्टार नियुक्त भएसँगै आगामी दिनमा आम सञ्चार क्षेत्रलाई कसरी अघि बढाउने भन्ने अब धेरै सहज हुने बताउनुभयो ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई रजिस्टारमा नियुक्त गर्ने निर्णय गरेको थियो । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष समेत रहनुभएका भण्डारी ४ वर्षका लागि गण्डकी प्रदेशको प्रेस रजिस्टार नियुक्त हुनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button