तपाईँ सुन्दै हुनुहुन्छः

इरानले चाम्रान–१ अनुसन्धान उपग्रहलाई कक्षमा पठायो

तेहरान । इरानले शनिबार बिहान अनुसन्धान उपग्रह चाम्रान–१ को कक्षमा प्रक्षेपण गरेको छ । उक्त उपग्रहलाई क्युएइएम–१०० रकेटद्वारा प्रक्षेपण गरिएको थियो ।

चाम्रान–१ लाई इरान इलेक्ट्रोनिक्स इन्डस्ट्रिजको अन्तरिक्ष समूहले देशको एरोस्पेस रिसर्च इन्स्टिच्युट र निजी प्राविधिक फर्महरूसँगको सहकार्यमा डिजाइन र निर्माण गरेको हो ।

लगभग ६० किलोग्राम तौल भएको उपग्रहको मुख्य मिशन कक्षीय चाल चलाउनका लागि प्रविधि प्रमाणित गर्न सफ्टवेयर र हार्डवेयर प्रणालीहरू परीक्षण गर्नु रहेको थियो ।

प्रक्षेपण क्युएइएम–१०० क्यारियर रकेटद्वारा गरिएको दोस्रो अपरेशन थियो । यसलाई इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर्प्सको एयरोस्पेस फोर्स द्वारा डिजाइन र विकास गरिएको थियो ।

इरानको आधिकारिक समाचार एजेन्सी इर्नाका अनुसार पृथ्वीमाथि पाँच सय ५० किलोमिटरको कक्षमा काम गरिरहेको चाम्रान–१ उपग्रहले आफ्नो पहिलो सङ्केत फिर्ता पठाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button