तपाईँ सुन्दै हुनुहुन्छः

मोहम्मद डेमा नेपालगन्जमा सार्वजनिक बिदा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले मोहम्मद डे पर्वका अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले आज एक सूचना जारी गरेर मुस्लिम समुदायको महत्वपूर्ण पर्व मोहम्मद डेको अवसरमा नगर कार्यपालिकाको कार्यालय, नगर अन्तर्गत २३ वटै वडा कार्यालय र सबै शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको जनाएको छ ।

कार्यवाहक नगर प्रमुख कमरुद्दिन राईले अत्यावश्यक स्वास्थ्य सेवा बाहेक सबै बन्द रहने उल्लेख गर्नुभएको छ । इस्लाम धर्मावलम्बीको बाक्लो बसोबास रहेको नेपालगन्जमा मोहम्मद डेको रौनक सुरु भइसकेको छ ।

यस्तै जानकी गाउँपालिकाले पनि मोहम्मद डेमा सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button