तपाईँ सुन्दै हुनुहुन्छः

अलपत्र परेका एक वृद्ध र युवकको उद्धार

इलाम ।  झापाको दमकमा अलपत्र परेका एक वृद्ध र एक युवकको उद्धार गरिएको छ ।

गत बुधबार झापाको दमक नगरपालिका वडा नं ८ बाट अन्दाजी बर्ष ३५ को मानसिक अवस्था कमजोर भएको एक युवक र कमल गा.पा. वडा नं ५ बाट अन्दाजी बर्ष ७० को वृद्धको उद्धार गरिएको वडा नं ८ का वडा अध्यक्ष धर्म प्रसाद दाहाल ‘दिपेश’ ले जानकारी दिनुभयो ।

उद्धार गरिएका दुबैजनालाई दमक स्थित मानव सेवा आश्रममा लगेर राखिएको हो । यो सँगै अन्य ५ जना यतिबेला आश्रममा अलपत्र रहेका नागरिकहरू रहेका छन् । दमक नगरपालिकाको सहयोगमा गत भदौ देखि सञ्चालनमा आएको आश्रम नगरपालिकाकै पुरानो २ नं वडा को कार्यालयमा अवस्थित छ । आश्रमले दमकमा रहेका अथवा अलपत्र भएका नागरिकहरूलाई पालिकाकै सहयोग र अन्य विभिन्न निकायको सहयोगमा हेरचाह गर्दै आएको छ ।

वडा अध्यक्ष दाहालका अनुसार छिमेकी पालिकाहरूले सहयोग गरेको खण्डमा पूर्वमा रहेको धेरै सडक नागरिक तथा अव्यवस्थित नागरिकलाई व्यवस्थापन गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button