तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकको लागि नि:शुल्क सवारी साधनको व्यवस्था

इलाम । झापाको दमक नगरपालिका वडा न-८ ले नागरिकको लागि नि:शुल्क सवारी साधनको व्यवस्था गरेको छ ।

विशेष गरि वृद्ध, अपाङ्ग तथा सवारी साधन विहीनहरू जो कोहीले पनि वडासँग फोन सम्पर्क गरेर वडा कार्यालय, नगर पालिका, जिल्ला प्रशासन तथा अन्य सरकारी निकाय सम्म सहजै पुग्न सक्ने भएका छन् ।

यसै आर्थिक वर्ष देखि सुरु गरिएको यस योजना अन्तर्गत हाल एउटा सिटी सफारी वडा आफैले खरिद तथा व्यवस्थापन गरेको छ ।

वडा बासीले सेवा लिन जान र आउँदा विभिन्न झन्झट बेहोर्नु पर्ने समस्यालाई समाधानका निम्ति यो योजना सुरु गरिएको वडा अध्यक्ष धर्म प्रसाद दाहाल “दिपेश ” ले जानकारी दिनु भयो ।

“वडा बासी नागरिकले वडा कार्यालय, पालिका जस्ता अन्य सरकारी निकायमा एउटै कामको लागि सवारी साधन भरपर्दो नभएको कारण पटक पटक जानू पर्ने बाध्यतालाई केही मात्रामा हल गर्ने प्रयास गरेका छौ । “

यसका साथै विपन्न परिवारका एक सदस्यले रोजगारी समेत पाएको वडा अध्यक्ष दाहालले जानकारी दिनु भयो । ” नागरिकको सेवा सुविधा सँगसँगै सिटी चलाए बापत रोजगारी समेत सिर्जना भएको छ । एक विपन्न परिवारले दिउँसो कार्यालय समय भित्र सिटी चलाएर र कार्यालय समय पश्चात् आफ्नो घरायसी काम पनि गर्न सक्ने छन् । “

करिब दस हजार सात सय अट्ठाइस जनसङ्ख्या भएको यश वडामा यस योजनाले सेवाग्राही हरू थप प्रभावित बनेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button