तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा परी गाउँपालिकाका उपाध्यक्षको मृत्यु

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति) को दुर्घटनामा परी निधन भएको छ ।

सुर्खेतबाट नेपालगञ्ज जाँदै गर्दा फोर्स गाडी दुर्घटना हुँदा उपाध्यक्ष कार्की सख्त घाइते हुनुभएको थियो । उहाँको नेपालगञ्ज मेडिकल कलेज भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोमबार सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगंगा नगरपालिका–५ को एमाले मोडमा दुर्घटना हुँदा सवार २४ जना यात्रु घाइते भएका थिए । अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button