अरिङ्गालले टोकेर एक जनाको मृत्यु
गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको रूरूक्षेत्र गाउँपालिका–२ यादुङ बस्ने ३५ वर्षका हरि कुँवरको अरिङ्गालले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताउनुभयो ।
बिहीबार बेलुकी घरनजिकै बारीको छेउमा रहेको सालको रुखमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर घाइते भएका कुँवरको उपचारका क्रममा पाल्पा मिसन अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्