नापी कार्यालय सुनसरीमा राजस्व सङ्कलनमा वृद्धि
सुनसरी । सुनसरीको नापी कार्यालय इनरुवामा गत चालू आव २०८० /०८१ मा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।
नापी कार्यालय इनरुवाले गत चालू आव २०८० /०८१ मा साढे १ करोड ७ लाख ३२ हजार ५ सय ३ रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको हो । आर्थिक वर्ष२०८०/०८१ मा सो बराबरको राजस्व रकम सङ्कलन गर्न सफल भएको नापी कार्यालय इनरुवा सुनसरीका कार्यालय प्रमुख हरेराम यादवले बताउनुभयो ।
नक्सा प्रिन्ट दस्तुर, फिल्ड रेखाङ्कन ,फिल्ड बुक उतार, कित्ता एकीकरण, लगायत विविध शुल्क बापत उक्त राजस्व रकम सङ्कलन गरिएको यादवले बताउनुभयो । बैङ्कहरूले ऋण दिन थालेपछि बैङ्किङका लागि नक्सा प्रिन्ट, फिल्ड रेखाङ्कन, फिल्ड बुक उतार लगायत कागजात आवश्यक पर्ने भएकोले अहिले सेवाग्राहीको चाप बढेको उहाँले बताउनुभयो ।
सार्वजनिक सेवा प्रवाहमा कुनै समस्या नरहेको बताउँदै नापी कार्यालय इनरुवा सुनसरीका कार्यालय प्रमुख हरेराम यादवले कार्यालयमा सेवा प्रवाह चुस्त र दुरुस्त बनाइएको दाबी गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्