तपाईँ सुन्दै हुनुहुन्छः

गोरखाका २२५ सम्भावित विपद जोखिम क्षेत्रहरूको पहिचान

गोरखा । गोरखा जिल्लामा सम्भावित विपद जोखिम क्षेत्रहरूको पहिचान गरिएको छ । जिल्लाका दुई नगरपालिका र ९ गाउँपालिका क्षेत्र भित्रका २२५ स्थानलाई जोखिम क्षेत्रका रुपमा पहिचान गरिएको हो । प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको जिल्ला विपद व्यवस्थापन समितिले पहिरो जोखिम क्षेत्रहरूको पहिचान गर्दै सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

गण्डकी गाउँपालिकाको जोखिम क्षेत्रमा ज्यामिरे घाट, धवादीघाट, थेउवाटार, तिनमाने, मास्कीछाप, रिम्जेली, तोरेन, आग्रीडाँडा, तोमनडाँडा, थुम्का, लुकुना, गैरीगाउँ, बसेरी, ज्यामिरे घाट, धवादीघाट, थेउवाटार, तिनमाने, मास्कीछाप, रिम्जेली, तोरेन, गोर्दी, बुट्टार, चमति, सादिखोला र मकैसिंङ रहेको समितिले जनाएको छ ।

आरुघाट गाउँपालिकाको भोगटेनी, वयाक, भिरकुना, श्याम्राङ, भल्छोपे, भलकभिर पैरा, भ्यागुते, घलेवन, छतिवन, धोस, होडारेखोला, अजुवाखोला, आर्खेतखोला, आर्वाङ पहिरो, टिमुरेगैरा, चुरुङ पहिरो, लामबगर, मौदीखोला, ढाडगाउँ, सातदोबाटो, खत्रीश्वारा, कल्लेरी, सिस्नेर, आप्री, मंगलटार, श्याम्चेत दर्जले, सोती, थालचोक, ठोट्नेरी, पत्लोखर्क, ख्याम्लिङ, दोराङवेशी, माझँगाउँ, डोङचेत, धोरत, भुमिस्थान, अल्काटार, खानेपाली, मंगलटार र तारेभिरलाई पनि सम्भावित जोखिम क्षेत्रका रुपमा पहिचान गरिएको छ ।

गोरखा नगरपालिकाको रिप, पस्लाङ, हिलेपोखरी, मान्द्रेढुङ्गा, अमराई, नयाँबजार, डण्डीडाँडा, रानीवन, थाकलडाँडा, लुदिखोला, खोलखोले, आमडाँडा, बराह, सिमलगैरी, बिरेन्चोक, लक्ष्मीबजार, एघारकिलो, छेवेटार, दशकिलो, अबुवा, रामशाह टोल, अकला, तीनकिलो, सिमलगैरी, भुमिटार, दामगाडे, धनबासे, ताप्ले, कोखेआहाले, सिमलघारी, भोगटेनी, घलाङ, फिनाम, लाकुरीस्वारा, पन्थेस्वाँरा, बाराहापानी, शिखर, सिर्दी, गोप्लिङ, सलाङगिरी र स्याउलीलाई विपद्को सम्भावित क्षेत्रको रुपमा पहिचान गरिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो । 

जोखिम क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्ने स्थानको समेत पहिचान गरिएको गरिएको छ  । दाहालका  अनुसार विपद आएमा गोरखा नगरपालिका ६ खेलकुद मौदान, गोनपा १० छेवेटार र गोनपा १३ गोरखकाली खेलमैदानमा उनीहरुलाई स्थानान्तरण गर्न सकिने छ ।

पालुङटार नगरपालिकाको अबन्डा, वानियाँगाउँ, राउतेपानी, सिमलेगैरा, बिर्दी, हात्तीगौडा, जौवारी टोल (लुइँटेल) र कोइरालीलाई सम्भावित जोखिम क्षेत्रका रुपमा समितिले पहिचान गरेको छ ।

सहिदलखन गाउँपालिकाको मैलुङ, मास्किछाप, वनकाली, खाब्दी, बक्राङ, डाँडागाउँ, कान्टार, पिउरेनी, घ्याप्रिङ, तिनमाने, दार्चे, भाङबारी, हटिया, माझिटार, धुसिनि, छापथोक, नाम्जुङ, पतेनी र अँधेरी खोला क्षेत्र विपद्को जोखिममा रहेको बताइएको छ ।

समितिका अनुसार भिमसेनथापा गाउँपालिकाको तोरीबारी, बालिमटार, बालुवाटार, नाङ्ग छापाटा, दारेगरा, सपुङ्गे, निम्लेफाँट, झिङ्गटे, महादेवटार, सिक्रे,े लगायतका क्षेत्रहरू विपद जोखिम क्षेत्रहरू हुन् ।

धार्चे गाउँपालिकाको कालाभिर, यार्सा, काशीगाउँ, माछीखोला, फ्याप्चेत, यारु, काडेभीर, उहिया, हुलचुक, खोर्ला, लापु, सिङ्ला, केरौजा, रुन्चेत, खानीगाउँ र भिरकुना जोखिम क्षेत्र रहेको बताइएको छ । यता चुमनुब्री गाउँपालिका अन्तरगत निले, सिप्चेत, खाईरिङ, स्याला, प्रोक, धर्मशाला, लोक्पा, एक्लेभट्टी, सरसिउ, ताङसिङ, घट्टेखोला, सल्लेरी, दोभान, रुप्से र जोङ क्षेत्रलाई जोखिम क्षेत्रका रुपमा पहिचान गरिएको छ ।

अजिरकोट गाउँपालिकाको सिम्जुङ, घ्याच्चोक, मिलिम, काफलडाँडा, राङरुङ, झ्याल्ला, ढोडेनी, लप्सीबोट, अपुन, नम्की, ओलाङ, कुसुन्डे, माथर, फाल्पु र धादिङगरा सम्भावित जोखिम क्षेत्रका रुपमा पहिचान भएका छन् ।

सिरानचोकको माथिल्लो गोहोरे, थापनथान, गाखु, खहरे, भालुस्वाँरा, भोर्ले, सातदोबाटो, बयपानी, ढिस्का, जलबिरे, फिनामटार, भिरसिंङ, लाङ्दीखोला, केराबारी र बारपाक सुलिकोट गाउँपालिकाको तिनखण्डे, राम्चे, पाँचखोला, देउराली, अमले, बालुवा, तल्लो जराङ्, उम्राखोला, मानेडाँडा, मान्द्रे, साप्राङ, आलगाउँ, काफलडाँडा, ग्याजी, रन्चोक, घुन्चोकटार, सिरानखर, नानचोक र खारचोकलाई विपद जोखिम क्षेत्रमा राखिएको समितिले जनाएको छ ।

सम्भावित जोखिम क्षेत्र पहिचानका लागि यसअघि नै पालिका भित्रका प्राविधिकहरूको टोली खटाएर सूक्ष्म रुपमा काम गरिएको र जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसेर यसलाई थप छलफल गरी हुनसक्ने सम्भावित घटनाहरू बारे सर्तक रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button