तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय महत्वका अभिलेखहरूको व्यवस्थापन सम्बन्धमा छलफल

काठमाडौँ I राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय महत्वका अभिलेखहरूको व्यवस्थापन सम्बन्धमा छलफल भएको छ । 

समितिको आज बसेको बैठकमा सांसदहरुले पुराना अभिलेखहरू संरक्षण गर्न सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।  

सांसदहरुले पुरातात्त्विक दृष्टिले महत्वपूर्ण रहेका अभिलेख तथा कागजपत्रहरू नष्ट गर्नेलाई कडा सजायको व्यवस्था गर्ने गरी कानून बनाउन सरकारलाई सुझाव दिनुभयो । 

बैठकमा सांसदहरुले राष्ट्रिय अभिलेखालयलाई व्यवस्थित गर्नुपर्ने र संसारभरि पुगेका नेपालका पुराना अभिलेखहरू फिर्ता ल्याउनुपर्नेमा जोड दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button