तपाईँ सुन्दै हुनुहुन्छः

बाढीमा डुबेर एकजना बेपत्ता, दर्जनौँ घर डुबानमा

धनगढी। कैलालीमा बाढीमा डुबेर एक जना बेपत्ता हुनाका साथै दक्षिणी पूर्वी क्षेत्र डुबानमा परेको छ । बाढी र डुबानमा परेका १३० घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीका कारण पूर्वपश्चिम हुलाकी राजमार्ग अवरुद्ध भएको छ ।

बाढीमा डुबेर कैलारी गाउँपालिका ९ का १८ वर्षीय अजय राना बेपत्ता भएको कैलालीका प्रहरी प्रमुख एसपी पदम बिष्टले बताउनु भयाे । घुर्रा नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका रानाकाे खोजी कार्य भइरहेको उहाँले बताउनु भयाे । यसैबिच लगातारको बर्षाका कारण कैलालीकाे दक्षिणपूर्वी क्षेत्र डुबानमा परेको छ ।

वर्षासँगै आएको बाढीले भजनी, लालबाेझी, जाेशीपुर, नारायणपुर, धनसिहपुर, टिकापुर, फूलबारी, रामपुर, पवेरा लगायत क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ । बाढी र डुबानमा परेका १३० घर परिवारलाई उद्धार गरि सुरक्षित स्थानमा सारिएको एसपी बिष्टले बताउनु भयाे । उनीहरुलाई अग्लो स्थान, विद्यालय, सामुदायिक भवनमा राखिएको उहाँले बताउनुभयो ।

लगातारको बर्षाका कारण खुटिया, शिवगंगा, गोदावरी, कान्द्रा, पथरैया, काडा, माेहना, कर्णाली नदीमा बाढीको सतह बढ्दै गएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button