तपाईँ सुन्दै हुनुहुन्छः

मध्यपहाडी राजमार्ग फेरि अवरुद्ध

रुकुम पूर्व । मध्यपहाडी राजमार्गको रानिकोटमा फेरि पहिरो आएको छ । निरन्तर परेको वर्षाका कारण शुक्रबार साँझ ५ बजेतिर पहिरो गए पछि आज बिहान ७ बजे पहिरो हटाएर सवारीसाधन आवत जावत गराइएको थियो ।

तर लगातारको वर्षाले पहिरो हटाइएको १ घण्टामै फेरि ठुलो पहिरो आएर अहिले सडक अवरुद्ध भएर आवातजावतमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वका ट्राफिक प्रहरी प्रमुख मद्यु श्रेष्ठले जानकारी दिनुभएको छ ।

सडक अवरुद्ध हुँदा रुकुम पश्चिम हुँदै रुकुम पूर्व, पोखरा, काठमाडौँ जाने र रुकुम पूर्वबाट पनि रुकुम पश्चिम, सल्यान, दाङ, नेपालगन्ज जाने सवारी साधनहरू रोकिएका छन् । ट्राफिक प्रहरी प्रमुख मद्यु श्रेष्ठका अनुसार पहिरो पन्छाउने कोशिस भई रहे पनि माथिबाट पहिरो झरेको कारण सडक सुचारु गर्न नसकिएको हो । 

केही दिन यता ठुलो वर्षासँगै आएको पहिरोहरूले  रुकुम पूर्वका अन्य सडकहरू पनि अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा यात्रुबहाक तथा मालवाहक गाडिहरु रोकिएका छन् । मध्यपहाडी सडकको उक्त स्थान भिरालो र पहिरोको उच्च जोखिममा रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button