तपाईँ सुन्दै हुनुहुन्छः

सुमो गाडीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

भक्तपुर । अरनिको राजमार्ग अन्तरगत भक्तपुर नगरपालिका‐१ घलातेमा आज सल्लाघारीबाट सूर्य विनायकतर्फ आउँदै गरेको बा. १३ च. २२६५ नं. को सुमोले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते बागलुङ गल्कोट नगरपालिका‐१० का ३५ वर्षीय मनबहादुर घर्तीको भक्तपुर अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।

प्रहरीले दुर्घटना गराउने सवारी साधन र चालक काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका‐९ बस्ने ५४ वर्षीय मधुकर के.सी.लाई पक्राउ गरी प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button