तपाईँ सुन्दै हुनुहुन्छः

‘स्वाभिमानी नेता र कार्यकर्ताले मात्रै देशलाई अघि बढाउन सक्छन्’

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले श्रमप्रतिको सम्मान, उत्पादनमा आत्मनिर्भरता र स्वाभिमानी नेता तथा कार्यकर्ताले मात्रै देशलाई अघि बढाउन सक्ने बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) अछाम–काठमाडौँ सम्पर्क समन्वय समितिले आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटमा उत्पादन र रोजगारीसँग जोड्ने खालका कार्यक्रम समावेश गरिएको पनि जानकारी दिनुभयो ।

अर्थमन्त्री पुनले उत्पादन वृद्धि केही मान्छे धनी बन्नका लागि नभई समानता र सामाजिक न्यायका आधारमा विकास गर्नका लागि भएको पनि बताउनुभयो ।

अर्थमन्त्री पुनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गरे मात्रै समानता र सामाजिक न्याय प्राप्त गर्न सकिने बताउनुभयो ।

मन्त्री पुनले कृषि, पर्यटन जलविद्युत, सूचना प्रविधि र उत्पादन यी पाँच क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको जानकारी दिनुहुँदै सातै प्रदेशलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button