तपाईँ सुन्दै हुनुहुन्छः

दुई वटा लोकसेवा तयारी केन्द्रमा आगलागी हुँदा लाखौँको क्षति

पर्सा । वीरगञ्जको महानगरपालिका वडा नम्बर ८ मा रहेको संंकल्प लोकसेवा तयारी केन्द्र र मधेस लोकसेवा तयारी केन्द्रमा आगलागी हुँदा करिब ८० लाखको क्षति भएको छ ।

बुधबार राति करिब १२:०० बजेको समयमा विद्युत् सट भई आगलागी हुँदा ८० लाखको क्षति भएको हो । संंकल्प लोकसेवा तयारी केन्द्रबाट सुर भएको आगलागी नजिकै रहेको मधेस लोकसेवा तयारी केन्द्रमा समेत फैलिएको थियाे।

वीरगञ्ज महानगरको वारुणयन्त्रको सहयोगले दुई घण्टापछि आगो नियन्त्रणमा लिएकाे पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button