तपाईँ सुन्दै हुनुहुन्छः

हावाहुरीका कारण नवलपरासीमा विद्युत् अवरुद्ध 

नवलपरासी,पश्चिम् । गएराती आएको तीव्र गतिको हावाहुरीका कारण पश्चिम् नवलपरासीमा बिधुत अवरुद्ध भएको छ ।   हावाहुरीले विभिन्न ठाउँहरूमा बिधुत पोल,तार र ट्रान्सफर्मरमा क्षति पुगेका कारण हिजो साँझ देखी विद्युत् प्रसारण अवरुद्ध भएको हो ।

विभिन्न स्थानमा पोलहरू ढलेका छन् भने केही स्थानमा पोलहरू भाँचिएको अवस्थामा छन्।हावाहुरीका कारण ट्रान्सफर्मरमा समेत क्षति पुग्दा जिल्लाको परासी,प्रतापपुर,सरावल बर्दघाट र सुनवल क्षेत्रका अधिकांश स्थानमा बिधुत सेवा अवरुद्ध बनेको छ ।

हाई -टेन्सन लाइनका पोलहरूमा र अन्य पोलहरूमा समेत क्षति भएको बिधुत प्राधिकरण परासीका प्रमुख सुरज रेग्मीले जानकारी दिनुभयो ।सुनवल,रामग्राम र सरावल गाउँपालिका अन्तर्गतका फिडरहरुमा क्षति पुगेको रेग्मीले जानकारी दिनुभयो ।

बर्दघाट,प्रतापपुर,सरावल मा गरि करिब ५० वटा पोलहरू भाँचिएको,मेन लाइन र शाखा लाइन दुईवटा ट्रान्सफर्मरमा क्षति पुगेको बर्दघाट वितरण केन्द्रका प्रमुख प्रशान्त कुमार झा ले बताउनु भयो ।बर्दघाट वितरण केन्द्र अन्तर्गतको प्रतापपुर क्षेत्रको फिडरमा बढी क्षति भएको झाले बताउनु भयो ।

मर्मतका लागि बिहानै देखि प्राविधिक जनशक्ति परिचालन गरिएको सकेसम्म चाडै नै सेवा सुचारु गरेन प्रयासमा रहेको झाले रेडियो नेपाल सँग बताउनु भयो ।अधिकांश स्थानमा ठुलै क्षति भएका कारण लाइन सुचारु समय  यकिन नहुने प्राधिकरणले जनाएको छ ।अत्यधिक गर्मीका कारण लाइन नहुँदा जनजीवन प्रभावित बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button