तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा अटो र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

दाङ । दाङमा अटोरिक्सा र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका ४ निवासी ३० बर्षीय राजेश भण्डारी र मोटरसाईलकमा सवार सोही ठाउँका ३१ बर्षीय साकार केसीको मृत्यु भएको हो ।

बिहीबार दिउसो ४ बजेतिर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनीहरूको नेपालगञ्जमा उपचारको क्रममा बिहीबार राति ९ बजेतिर मृत्यु भएको हो । दाङ तुलसीपुर २ कुमलगडीस्थित कुमलगडीबाट तुलसीपुर तर्फ जाँदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा ७ प २५० नम्बर मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।

उक्त दुर्घटनामा परि अटो चालक दाङ शान्तिनगर ७ खैरेनीका ४३ बर्षीय रुद्रबहादुर थापा घाइते भएका हुनुभएको छ । उहाँको नेपालगञ्जमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button