तपाईँ सुन्दै हुनुहुन्छः

एमाले दैलेखको अध्यक्षमा शाही निर्विरोध निर्वाचित

दैलेख । नेकपा एमाले दैलेखको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सूर्यबहादुर शाही निर्विरोध निर्वाचित हुनुभएको छ ।

पाँच पदाधिकारीसहित ९१ सदस्यीय जिल्ला कमिटी निर्विरोध निर्वाचित भएको हो । निर्विरोध निर्वाचित एमाले दैलेखको उपाध्यक्ष प्रेमबहादुर बुढा, सचिव हिमालयजंग शाह, उपसचिवहरू ताराकुमारी सोनी र मीनबहादुर बुढा चयन हुनुभएको निर्वाचन अधिकृत दिपेन्द्र थापाले जानकारी दिनुभयो ।

नेकपा (एमाले)को विधान अनुसार सङ्गठित सदस्यता सङ्ख्याको आधारमा ११ पालिकाबाट १६ महिला तथा ३२ पुरुष, खुलातर्फ ५ महिला तथा १० पुरुष, दलिततर्फ ३ महिला तथा ५ पुरुष, जनजातितर्फ २ महिला तथा ३ पुरुष र अल्पसङ्ख्यक १ पुरुष गरी ७७ जना सदस्यहरु निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत थापाले बताउनुभयो ।

यस्तै विधान अनुसार पहिलो पटक ४० वर्ष मुनिका ९ जना सदस्यका लागि खुलातर्फ २ महिला तथा २ पुरुष, दलिततर्फ १ महिला तथा २ पुरुष, जनजातितर्फ १ महिला तथा १ पुरुष जिल्ला कमिटी सदस्य पदमा निर्विरोध भएका हुन् ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले आज (मङ्गलवार) सपथ ग्रहण गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button