तपाईँ सुन्दै हुनुहुन्छः

ठाँटीकाँध गाउँपालिकाको मटेलामा दुई दिने विशेषज्ञ स्वास्थ्य शिविर सुरु

दैलेख । दैलेखको ठाँटीकाँध गाउँपालिका १ मटेलामा दुई दिने विशेषज्ञ स्वास्थ्य शिविर सुरु भएको छ । 

कोहलपुर डेण्टल हस्पिटल बाँकेको आयोजनामा शिविर सुरु भएको हो । कोहलपुर हस्पिटलका सञ्चालक गजेन्द्र बहादुर शाहीले दुई दिने विशेषज्ञ स्वास्थ्य शिविरमा जनरल फिजिसियन, स्त्री रोग विशेषज्ञ सेवा, दन्त उपचार सेवा र आँखा जाँच गरेर चार प्रकारका सेवाहरू उपलब्ध गराइएको बताउनुभयो ।

उहाँले शिविरमा वरिष्ठ तथा अनुभवी डाक्टरहरूबाट चेकजाँच तथा उपचार भइरहेको बताउनुभयो । नागरिकहरूले शिविर सञ्चालन भएको दुई दिनमा बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सेवा लिन सक्ने छन् । 

शिविरमा छाती, मुटु, पेट, सुगर, प्रेसर, दम, हाडजोर्नी दुख्ने, ढाड कम्मर दुख्ने, महिला एवं किशोरीको तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, आँखा, दाँत, गिजाको चेकजाँचका साथै चस्मा वितरण, दिसा, पिसाब जाँच, सादा तथा भिडियो एक्सरे लगायतका सुविधाहरू उपलब्ध गराइएको छ । 

शिविर भोली (माघ २२ गते) सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button