तपाईँ सुन्दै हुनुहुन्छः

गोठमा आगलागी हुँदा १ ज्यान गयो

बागलुङ । बागलुङ जिल्ला गलकोट नगरपालिका वडा नम्बर ४ नुवाकोटको १ गोठमा आगलागी भएको छ ।

गएराती गोठमा आगलागी हुँदा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागी भएको स्थानमा १ जनाको शव भेटिएको र शव नचिनिने अवस्थामा रहेको हुँदा पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

गएराती स्थानीय राम बहादुर मल्लको गोठमा आगलागी हुँदा गोठमा क्षति भएको र आगलागीका कारण झन्डै ४ लाख बराबरको क्षति भएको बताइएको छ ।

गएराती नै प्रहरीको टोली घटना स्थलमा पुगी घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button