सर्लाही १ मा गठबन्धनका उमेद्वार राम प्रकाश चौधरी बिजयी
सर्लाही। सर्लाही क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यमा सता गठबन्धनका उम्मेदवार रामप्रकाश चौधरी विजयी हुनुभएको छ।
चौधरीले २४ हजार ८ सय ३८ मत ल्याई स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई पराजित गर्नु भएको हो ।
चौधरीका प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार खडकाले १८ हजार ४सय ४ मत प्राप्त गर्नुभयो ।
स्वतन्त्र उम्मेदवार मानबहादुर खड्का भन्दा लोसपाका रामप्रकाश चौधरी ६ हजार ४ सय ३४ बढि मतान्तरले विजयी हुनुभएको हाे ।
यसैगरी जसपाका उम्मेदवार प्रमोद साहले १४ हजार २ सय ५५ मत मात्र प्राप्तगर्नुभएकाे छ ।
प्रतिक्रिया राख्नुहोस्