तपाईँ सुन्दै हुनुहुन्छः

झापामा करिब ६० प्रतिशत मतदान

भद्रपुर, झापा । झापामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । 

जिल्ला निर्वाचन कार्यालय झापाले दिएको पछिल्लो जानकारी अनुसार जिल्लामा समग्रमा करिब ६० प्रतिशत मतदान भएको छ । 

क्षेत्रगत रुपमा प्रतिशत छुट्याउन केही समय लाग्ने भए पनि समग्रमा ६० प्रतिशत मत खसेको अनुमान गरिएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिनुभयो । 

उहाँले जिल्ला तीन वटा मतदान केन्द्रमा बिहान विविध कारणले केहीबेर मतदान स्थगित भए पनि निर्धारित समयसम्ममा सबै २८५ मतदान स्थलका ७६६ मतदानकेन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको बताउनुभयो ।

अहिले केही मतदानकेन्द्रमा ५ बजेभित्र परिसरमा पसिसकेका मतदाताले मतदान गरिरहेको र मतदान सकिएका मतदान केन्द्रबाट सिलबन्दी गरी मतपेटिका सम्बन्धित निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा लैजाने कार्य भइरहेको पनि नेपालले जानकारी दिनुभयो ।

५ वटा निर्वाचन क्षेत्र रहेको झापामा कूल मतदाताको सङ्ख्या ६ लाख ६३ हजार ३११ रहेको छ घने पुरुष मतदाताको सङ्ख्या ३ लाख ३१ हजार ४४ र महिला मतदाताको सङ्ख्या ३ लाख ३२ हजार २५९ रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button