राष्ट्रिय भूमि आयोगद्वारा बारामा जग्गा नाप जाँचको काम सुरु
बारा । राष्ट्रिय भूमि आयोगले बाराको जीतपुरसिमरा र कोहल्वी नगरपालिकामा जग्गा नाप जाँचको काम सुरु गरेको छ ।
आयोगले जिल्लाका १६ स्थानीय तहमध्ये पहिलो चरणमा २ पालिकामा काम सुरु गरेको हो । जीतपुरसिमरा, निजगढ, कोहल्वी, पचरौता, महागढीमाई नगरपालिका, सहित सुवर्ण र फेटा गाउँपालिका गरी जिल्लाका ७ वटा स्थानीय तह र आयोगबिच सम्झौता भइसकेको छ ।
राष्ट्रिय भूमि आयोगका बारा जिल्ला विज्ञ सदस्य केदार गौतमले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास भन्दा बाहिर गएर पुर्जा वितरणको त्रुटिपूर्ण काम आयोगबाट नहुने बताउनुभयो ।
राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको हकमा ७ दिने र अव्यवस्थित बसोबासीको हकमा १५ दिनको दाबी विरोधको सूचना निकालेर सोही सूचनाका आधारमा वडाबाट प्राविधिक कर्मचारी माग गरेर वडाबाट खटिएको प्राविधिक टोलीले जग्गा नापको काम सुरु गरिने जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्