तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यकता छ : राज्यमन्त्री केसी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रको सुधारका लागि आफू प्रयत्नशील रहेको बताउनु भएको छ । काठमाडौँमा आयोजित एकीकृत स्वास्थ्यकर्मी सङ्गठन नेपालको उपत्यका भेलामा राज्यमन्त्री केसीले स्वास्थ्यकर्मीका समस्या सम्बोधन र स्वास्थ्य क्षेत्र सुधारमा कटिबद्ध भएर लाग्ने बताउनु भएको हो । 

राज्यमन्त्री केसीले भन्नुभयो, ‘स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्र सुधार गरेर अनुभूति दिने खालको काम गर्न कम्तीमा दुई वर्ष लाग्छ । जति दिन बस्छौ आफ्नो प्रयास जारी राख्छौँ । तपाईँहरूले योजना बनाउनुस् । त्यसलाई कार्यान्वयन गर्न लाग्छौँ ।’ 

उहाँले अहिले पनि गाउँ गाउँमा सहज र सर्वसुलभ स्वास्थ्य सेवा पुग्न नसकेको भन्दै त्यसका लागि योजना बनाउन आफू लागि रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button