स्थानीय तहका रिक्त पदाधिकारीको उपनिर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता
काठमाडौँ – आगामी मंसीर १४ गते हुने स्थानीय तहका रिक्त पदाधिकारीको उपनिर्वाचनका लागि आज उम्मेदवारहरुको मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
४८ पदका लागि हुने उपनिर्वाचनमा २८१ जनाले उम्मेदवारी दर्ता गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उपनिर्वाचनबाट एक नगरप्रमुख,तीन गाउंपालिका अध्यक्ष,एक गाउंपालिका उपाध्यक्ष र ४३ जना वडा अध्यक्षहरु चुनिने छन् ।
प्रतिक्रिया राख्नुहोस्