१० महिनामा १ खर्ब ४८ अर्ब राजस्व असुली
वीरगञ्ज । मुलुककै सबैभन्दा ठूलो वीरसगञ्ज भन्सार र मुलुककै पहिलो सुख्खा बन्दरगाहको रुपमा रहेको सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा १ खर्ब ४८ अर्ब राजस्व असुली गरेका छन् ।
देशको सबै भन्दा ठूलो भन्सार नाकाको रुपमा स्थापित वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिना अर्थात गत साउनदेखि वैशाख मसान्त सम्म १ खर्ब २२ अर्ब ७० करोड रुपैया राजस्व संकलन गरेको छ ।
अर्थ मन्त्रालयले यस भन्सार कार्यालयलाई १० महिनामा १ खर्ब ३९ अर्ब रुपैया राजस्व उठाउने लक्ष्य तोकेको थियो । लक्ष्य भन्दा झण्डै १२ प्रतिशत कम राजस्व असुली भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष कुमार महतोले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्