ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट
काठमाडौं । नेपाल एरलाइन्सले ७० वर्ष काटेका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ ।
नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको हो ।
केही दिन पहिले पर्यटन मन्त्री योगेशकुमार भट्टराईले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गर्नुभएको थियो ।
पर्यटन मन्त्री योगेश भट्टराईले मन्त्रालय सम्हाएसँगै सार्वजनिक गरेको एक वर्षे कार्ययोजनामा जेष्ठ नागरिकलाई हवाई भाडामा ५० छुट दिने घोषणा गर्नुभएको थियो । गत भदौ ९ मा गरेको घोषणालाई भट्टराईले सरोकारवालासँग छलफल गरि ३ महिनाभित्रै कार्यान्वयनमा ल्याउने बताउनुभयो ।
पर्यटनमन्त्री भट्टराईले भदौ ९ मा गरेको घोषणालाई सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले कार्यान्वयनमा ल्याएको हो । अन्य हवाई सेवा प्रदायक संस्थाहरुसँग भने कार्यान्वयनका लागि छलफल जारी रहेको बताइएको छ ।
यसैबीच, दशैँको अग्रिम टिकट बुकिङ पनि निगमले खुल्ला गरेको जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्