तपाईँ सुन्दै हुनुहुन्छः

सरकार परिवर्तनको हल्ला निराधार: नेता कोइराला

विराटनगर । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार परिवर्तनको हल्ला निराधार भएको बताउनु भएको छ । 

प्रेस युनियन मोरङले विराटनगर स्थित कोइराला निवासमा आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेस र एमाले मिलेर वनेको झण्डै दुई तिहाइको यो सरकारबाट नेपाली काँग्रेसलेले हात नझिकेसम्म सरकार नढल्ने प्रष्ट पार्नुभयो । 

 नेपाली काँग्रेसले पनि अहिले यही सरकारको निरन्तरता चाहेकाले नेपाली काँग्रेसले नचाहे सम्म यो सरकार नढल्ने र अहिले कांग्रेस सरकार ढाल्ने पक्षमा समेत नरहेको  उहाँको भनाई थियो । 

कुनै विदेशी शक्तिले चाहँदैमा सरकार परिवर्तन नहुने र सरकार परिवर्तनका लागि संसद्को सङ्ख्या आवश्यक रहेको उहाँको भनाई थियो । 

उहाँले सरकारले एकसय दिनमा टिआरसी विधेयक,सवारी लाइसेन्सका लागि नागरिक एप्स साथै  उखु तथा दुग्ध किसानको भुक्तानी जस्ता राम्रा कामहरू गरेकाले आगामी दिनमा सरकारले अझ राम्रा काम गर्दै जानुपर्ने बताउनु भयो ।

 एक प्रश्नमा नेता कोइरालाले रास्वपाका अध्यक्ष रवि लामिछानेको सहकारी विषय सम्बन्धी कुरा अदालतमा प्रवेश गरि सकेकाले सो पार्टीले न्यायालयको निर्णयलाई स्विकार्नु पर्छ यसरी सडकमा नारा जुलुस गरेर अदालतलाई प्रभावित हुने खालका कुनै पनि गतिविधि गर्न नहुने बताउनुभयो । नेता कोइरालाले सहकारीको विषयमा नेपाली कांग्रेसका नेता धनराज गुरुङको समेत गल्ती देखिएको छभने उहाँमाथि पनि छानविन हुनुपर्ने र उहाँले पनि संसदमा यस विषयमा आफूमाथि छानविन गर्न समेत भन्नु भएका बताउनुभयो ।

 पार्टी विभाजन सम्बन्धी अध्यादेश अहिले ल्याउने वेला नभएको उहाँको भनाई थियो । उहाँले पटक पटक सरकार हेरफेर हुने र पार्टी फुट्ने जुट्ने परिस्थितिका कारण मुलुकमा राजनीतिक अस्थिरत बढेकै कारण राजनीतिक स्थायित्वका लागि यो सरकार गठन भएकाले अव फेरी यो सरकारले सो अध्यादेश ल्याएर राजनीतिक अस्थिरता पुन कायम गर्न नहुने बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button