तपाईँ सुन्दै हुनुहुन्छः

निजामती ऐन चाँडै ल्याइन्छ : मन्त्री गुप्ता

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले निजामती ऐन पहिलो प्राथमिकतामा रहेकोले अव चाडै ल्याइने बताउनुभयो ।

पदबहालीको एक सय दिनको उपलब्धि सम्बन्धमा आज मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले संघीय निजामती सेवालाई सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयक सम्बन्धित समिति तथा राजनीतिक दलका उच्च संयन्त्रसँगको छलफललाई समेत तीव्रता दिइएको बताउनुभयो ।

सामान्य प्रशासन मन्त्री गुप्ताले स्थानीय तहलाई थप सबल र क्रियाशील बनाउने गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को संशोधन विधेयक मस्यौदामा अर्थ मन्त्रालयको राय सुझाव प्राप्त गरी सहमतिको लागि कानुन न्याय तथा संसदीय मन्त्रालय पठाइएको जानकारी गराउनुभयो ।

यस्तै ५५ वटा जिल्ला समन्वय समितिमा प्राविधिक जनशक्ति (इन्जिनियर) को व्यवस्था गरिएको, स्थानीय तहको सबल र दुर्बल पक्षहरूको पहिचान, विकास तथा सुशासन प्रवर्द्धनका लागि एकीकृत मूल्याङ्कन कार्यविधिको ढाँचा तयार गरिएको मन्त्री गुप्ताले बताउनुभयो ।

सामान्य प्रशासन मन्त्री गुप्ताले वडा केन्द्र तथा सीमाना हेरफेरलाई सहज तरिकाले सहजीकरण गर्ने गरी कार्यविधिको मस्यौदा तयार भएको, तिब्बतसँग सीमाना जोडिएका स्थानीय तहमा पूर्वाधार निर्माण तथा वस्तुगत सहायताको लागि कार्यक्रम सञ्चालनको कार्यविधि तयार गरिएको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button