तपाईँ सुन्दै हुनुहुन्छः

बिर्तामोडको कपास फ्याक्ट्रीमा आगलागी, ४० लाख बराबरको क्षति

झापा । झापाको बिर्तामोड नगरपालिका-१ को कपास फ्याक्ट्रीमा आगलागी भएको छ । आज बिहान ८.३० बजे बिर्तामोड–१ स्थित वरपीपल चोकमा नेक मोहम्मदले सञ्चालन गरेको कपडाबाट रुवा बनाउने इरतान कपास फ्याक्ट्रीमा अचानक विद्युत सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट टिनले छाएको भुइँतले कपासको गोदामसहित फ्याक्ट्रीको टहरा पूर्णरुपले जलेर नष्ट भएको छ ।

बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाको वारुण यन्त्र, नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा बिहान ९ः४० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।आगलागीबाट कपास बनाउने मेसिनसहित अन्दाजी ४० लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button