तपाईँ सुन्दै हुनुहुन्छः

बजेट अभावका कारण मधेश प्रदेशका ८९ सिँचाइका योजना अलपत्र

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा सञ्चालनमा रहेका सिँचाइका योजना बजेटको अभावले अलपत्र परेका छन् । अलपत्र योजनाहरूमा बजेट विनियोजनका लागि प्रदेश सरकारले संघ सरकारसँग माग गरेको छ ।

मधेश प्रदेशमा संघ सरकारले सशर्त कार्यक्रम अन्तर्गत ठेक्का गरेर निर्माण कार्य अगाडी बढाएर हस्तान्तरण गरिएका ती योजनामा बजेट विनियोजन नभएका कारण हाल अलपत्र अवस्थामा रहेको मधेश प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले जनाएको छ । अलपत्र रहेका योजनामा २२ वटा सतही र ६७ वटा भूमिगत सिँचाइ योजना रहेको मन्त्रालयले जनाएको छ ।

ठेक्का भएका ती योजनाका लागि आवश्यक १ अर्ब २१ करोड बजेट संघ सरकारबाट नआएकाले अलपत्र रहेको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवले जानकारी दिनुभयो । उहाँले बजेट पठाउनका लागि संघीय मन्त्री तथा मन्त्रालयसँग कुराकानी भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button