तपाईँ सुन्दै हुनुहुन्छः

युरोपियन युनियन र बेलायतले लगाएको प्रतिबन्धको इरानद्वारा निन्दा

तेहरान । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले इरानले रुसलाई क्षेप्यास्त्र तथा ड्रोन हस्तान्तरण गरेको आरोपमा इरान माथि युरोपेली सङ्घ र बेलायतले लगाएको प्रतिबन्धको कडा निन्दा गर्नुभएको छ ।

इरान माथि लगाएको प्रतिवर्धलाई अन्यायपूर्ण र अन्तर्राष्ट्रिय कानूनी सिद्धान्त र मानव अधिकारको विपरीत रहेको आसय व्यक्त गर्दै जारी गरिएको विज्ञप्तिमा बाघाईले प्रतिबन्ध आधारहीन रहेको उल्लेख गर्नुभएको छ । आरोप र प्रतिबन्ध आधारहीन रहेको बताउँदै बाघाईले द्वन्द्व सुरु भएदेखि नै इरानले युद्ध र द्वन्द्वको विरोध गर्दै रुस र युक्रेनबिचको मतभेदको कूटनीतिक समाधानका लागि आह्वान गर्दै आएको बताउनुभएको छ ।

गाजा र लेबनानमा भएको नरसंहारमा इजरायललाई हतियार उपलब्ध गराउन बेलायत र जर्मनी लगायत केही युरोपेली देशहरूको संलग्नतालाई औँल्याउँदै उहाँले ती देशहरू प्यालेस्टिनी र लेबनानी जनता विरुद्ध इजरायलले गरेको “अपराध“ मा सहयोगी रहेको बताउनु भएको छ । यसै सन्दर्भमा इरानको राष्ट्रिय हित, सुरक्षा, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्न रुस लगायत अन्य देशहरूसँग सैन्य सहयोगमा संलग्न हुने “अपरिहार्य“ अधिकारलाई प्रकाश पार्दै युरोपेली सङ्घको “अवैध र अन्यायपूर्ण“ प्रतिबन्धहरू विरुद्ध जवाबी प्रतिक्रिया दिने अधिकार सुरक्षित रहेकोसमेत बाघाईले उल्लेख गर्नुभएको छ । रासस/सिन्ह्वा 

प्रतिक्रिया राख्नुहोस्

Back to top button