तपाईँ सुन्दै हुनुहुन्छः

सजिए शक्तिपीठ, दर्शनार्थीको घुइँचो (फोटोफिचर)

काठमाडौँ । देशभरका शक्तिपीठहरुमा यत्तिखेर भक्तजनको भिड लागेको छ। घटस्थापना पछि नवदुर्गाका नौ रूपको पूजा गर्ने गरिन्छ। यसैकारण देशभरका शक्तिपीठहरुमा दर्शनार्थीहरुको घुइँचो बढेको हो ।

उपत्यकाको गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिका स्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहित दुर्गाका शक्ति पीठमा पनि पूजा आराधना गर्न यत्तिखेर भक्तजनहरुको बाक्लो भीड लागिरहेको छ ।

नवरात्रका अवसरमा शक्ति पीठमा पुगी पूजा आराधनासहित देवीको दर्शन गरेमा मनोकाङ्क्षा पूरा भई वर्षभरका लागि शक्ति प्राप्त हुने विश्वास गरिन्छ । मान्यताअनुसार सतीदेवीको अङ्ग पतन भएको स्थान नै शक्तिपीठ हो। भगवानको स्त्री स्वरूपलाई शक्ति मानिएको छ ।


जान्नुहाेस् नेपालका केही प्रसिद्ध शक्तिपीठहरू :

गुह्येश्वरी • तलेजुभवानी • दक्षिणकाली भगवती • बज्रयोगिनी • बगलामुखी • शोभा भगवती • विजेश्वरी • इन्द्रायणी • नरदेवी • नक्शाल भगवती • कंकेश्वरी • मैतीदेवी • कालिकास्थान • सङ्कटा • भद्रकाली • रक्तकाली • मनमानेश्वरी • बज्रबाराही • दन्तकाली • चैनपुर • जालपादेवी • छत्रेश्वरी • मनकामना • कमलाक्षी • गलेश्वरी • ज्वालापादेवी • बागेश्वरी • देवलहाट मन्दिर • गजरा मन्दिर • मालिकादेवी • कालिकादेवी • सुर्मासरोवर • बडी मालिकास्थान • चन्दननाथ दत्रात्रय • त्रिपुरा सुन्दरी • शिरस्थानदेवी • खैरावाङदेवी • देवीस्थान भगवति • माईपोखरी • अर्घाकोट भगवती • त्रिवेणी • कन्काई माई • स्वर्गद्वारी • पैक मन्दिर • छाब्दी बाराही • तौथलीमाई • विन्ध्यवासिनी • पलाञ्चोक • मैदी • त्रिवेणी • कोडकडेनी देवी • छिन्ताङ भगवति • पाथीभरा देवी • पाथीभरा • छिन्नमस्ता भगवती • टुडालदेवी

तस्बिर : मिलन ढुङगाना

प्रतिक्रिया राख्नुहोस्

Back to top button