तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेश सरकारले विद्यालय तथा अस्पताल मर्मतका लागि ५० करोड दिने

सुर्खेत । कर्णाली प्रदेशले जाजरकोट भूकम्प प्रभावित क्षेत्रका सामुदायिक विद्यालय र सरकारी अस्पतालको मर्मत तथा पुनर्निर्माणका लागि ५० करोड रकम दिने भएको छ ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेलले जाजरकोट, रुकुम पश्चिम र सल्यानका करिब ७० वटा क्षतिग्रस्त विद्यालय तथा अस्पतालको मर्मत तथा पुनर्निर्माणको काम चालु आर्थिक वर्ष भित्रै सक्ने गरी आवश्यक प्रक्रिया शुरु भइसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार विश्व बैङ्ककै सहयोगमा कर्णाली प्रदेशका ३० वटा पालिका केन्द्र जोडने सडकको स्तरोन्नतिका साथै सडक सञ्जालसँग जोडन बाँकी रहेका ६ वटा पालिकाको करिब ९७ किलोमिटर सडक निर्माण गरिने योजना अघि बढेको छ ।

संघीय सरकारले दशैं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति घोषणा नगर्दासम्म प्रदेशले प्रतियोगिताको लागि हतार नगर्ने भन्दै मुख्यमन्त्री कँडेलले अहिले पूर्वाधार निर्माणको काममा प्रदेश सरकारले तीव्रता दिइरहेकाले सानो ठाउँमा यति ठूलो कार्यक्रम गर्दा हतार नगर्नु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button