तपाईँ सुन्दै हुनुहुन्छः

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को दोस्रो खेलमा पनि नेपाल पराजित

काठमाडौँ । घरेलु टोली नेपालको पुरुष टोली एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को दोस्रो खेलमा पनि पराजित भएको छ ।

एसिया रग्बी र नेपाल रग्बी सङ्घको आयोजनामा शुक्रवारबाट त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु भएको खेलको पुरुषतर्फ बहराइनसँग नेपाल २७–७ ले पराजित भएको हो । नेपालको यो लगातार दोस्रो हार हो । यसअघि उज्बेकिस्तानसँग २४–० को स्कोरमा नेपाल पराजित भएको थियो ।

यस्तै, पुरुषतर्फकै अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबियालाई ३९–७, श्रीलङ्काले काजकिस्तानलाई ४३–०, भारतले बङ्गलादेशलाई ३१–०, चाइनिज ताइपेइले अफगानिस्तानलाई २६–७, फिलिपिन्सले जोर्डनलाई २६–० र भारतले श्रीलङ्कालाई २९–१० ले पराजित गरे ।

नेपालको महिला टोली पनि पहिलो खेलमै पराजित भएको छ ।

खेलमा महिलातर्फ नेपाल फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको हो । यसअघि पुरुषतर्फ नेपाल उज्बेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो । यसैगरी महिलातर्फ उज्बेकिस्तानले ग्वामलाई १९–१२ को स्कोरले हरायो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button