तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्ज अख्तियारमा दुई महिनामै १२२ वटा भ्रष्टाचारका उजुरी

नेपालगञ्ज । नेपालगञ्जस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयमा १२२ वटा उजुरी परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जमा चालू आर्थिक बर्ष २०८१र८२ को हालसम्म १२२ वटा उजुरी दर्ता भएका हुन् । साउनमा ७१ वटा उजुरी दर्ता भएकोमा भदौ महिनामा ४१ वटा उजुरी दर्ता सम्पर्क कार्यालय नेपालगञ्जले जनाएको छ । 

अख्तियारले भ्रष्टाचारसम्बन्धी उजुरी प्रत्यक्ष र अप्रत्यक्ष माध्यमबाट लिँदै आएको छ । हुलाक, इमेल, लिखित निवेदन, टेलिफोन लगायतका माध्यमबाट उजुरी पर्ने गरेका छन् । कार्यालयका अनुसार साउन महिनामा इमेलबाट २४, टेलिफोन १, मोबाइल एप १, हुलाकबाट २६ र लिखितरुपमा १८ वटा उजुरी दर्ता भएका छन् । 

यसैगरी भदौमा इमेलबाट १२, टेलिफोनबाट २, लिखित ८ र हुलाकबाट १९ वटा उजुरी परेको सूचना अधिकारी झलक केसीले जानकारी दिनभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले चार जिल्ला हेर्दै आएको छ । यसको कार्य क्षेत्र बाँके, दाङ, बर्दिया र रोल्पा हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button