तपाईँ सुन्दै हुनुहुन्छः

जुवा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ ।।

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीबाट जुवा तास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गए मध्यरातको समयमा दोधाराचाँदनी नगरपालिका वडा नम्बर-६ सङ्गम टोल स्थित धने गुरुङको खाली घरमा जुवा तास खेलिरहेको अवस्थामा दोधाराचाँदनी नगरपालिका-४ बस्ने ४९ वर्षीय मोहन बहादुर सिंह समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा नगद रु २२ हजार १ सय ३० रकम सहित २ थान मोबाइल र १ गड्डी तास सहित उनीहरूलाई पक्राउ गरिएको र सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button