तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुर । जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । गएराति १ बजेतिर मानववस्तीमा पसेको जङ्गली हात्तीको आक्रमणमा परेर लालझाडी गाउँपालिका वडा नम्बर ४ डाँडाजाई बस्ने अन्दाजी ५० वर्षीय रामदल रानाको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ । 

जङ्गली हात्तीको समूह गाउँ पसेपछि भगाउनका लागि घरबाहिर आएर स्थानीय बासिन्दाहरूले होहल्ला गरेका थिए । त्यस क्रममा हात्तीको आक्रमणमा परेर रानाको मृत्यु भएको बताइएको छ । अहिले हात्तीको समूह नजिकैको जङ्गलमा पसेको छ । यस घटना सम्बन्धमा प्रहरी टोली सहित निकुञ्जको टोली घटनास्थलमा खटिएर थप अनुसन्धान गरिरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button