तपाईँ सुन्दै हुनुहुन्छः

उद्धार र राहतका लागि  हाइअर्लटमा ‘रेस्क्यूटिम’

काठमाडौं । प्रतिकुल मौसम र कठिन भूगोलका कारण शनिबारदेखि विपद्मा फसेका नागरिकहरूको उद्धारका लागि  आइतबार बिहानैदेखि औषधी र स्वास्थ्यकर्मीसहित रेस्क्यु टिम परिचालन भएको छ । 

सरकारले उद्धार र राहतका लागि काठमाडौं बिमानस्थलमा एम्बुलेन्स सेवा तयारी अवस्थामा राखिएको छ  । सरकारले विपद्मा परी घाइते भएकाहरूको उपचारका लागि   सम्पूर्ण सरकारी अस्पातालहरुमा घाइतेहरूको निःशुल्क उपचारको प्रबन्धसमेत गरेको जनाएको छ । 

आकस्मिक उद्धार गर्नुपर्ने स्थानहरूका बारेमा  कुनै सूचना भएमा तत्काल सरकारले उपलब्ध गराएका हटलाइन नम्बरहरूमा वा प्रधानमन्त्रीको सचिवालयमा जानकारी गराउन प्रधानमन्त्रीका प्रमुख जनसम्पर्क सल्लाहकार किरण पौडेलले अनुरोध गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button