तपाईँ सुन्दै हुनुहुन्छः

शुक्रबार बिहान गोरखाको धार्चेबाट छुटेको बस भेटिएन

गोरखा । शुक्रबार बिहान ८ः०० बजे गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ७ लापुवेशीबाट काठमाडौँका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्क विहीन भएको छ । 

बस, बसका चालक र त्यसमा रहेका यात्रुहरू अहिलेसम्म पनि सम्पर्कमा नआएकोले खोजी गरिदिन वडा अध्यक्ष, यातायात व्यवसायीले आग्रह गरेका छन् । बस, चालक, सहचालक र यात्रुहरू सम्पर्कमा नआएको गोरखा यातायात कम्पनी प्रा.लि.का अध्यक्ष नारायण खत्रीले बताउनुभयो । 

बस शुक्रबार दिउँसो १ बजे मुग्लिन आइपुगेको बसमा सवार रहेका मध्ये सूर्य गुरुङले बताउनुभयो । म मुग्लिन झरेर नारायणगढ तर्फ लागेँ, मसँगै रहेको अर्को दाइ सोही बसमा काठमाडौँ जाँदै थिए । शुक्रबार राती १० बजे फोन गर्दा बस जाममा परेको छ बाहिर अँध्यारो भएकाले ठाउँमा थाहा छैन भनेका थिए, त्यस पछि सम्पर्क गर्दा सम्पर्क हुन सकेन, बस काठमाडौँ पनि पुगेको छैन, गुरुङले भन्नुभयो । 

बसमा चालक बसका साहु आफै, तिवारी थरका सह चालक र यात्रुहरू रहेका थिए । आफन्त गन्तव्यमा नपुगेको थाहा पाएपछि खोजी गरिदिन आग्रह गरेसँगै बस हराएको थाहा हुन आएको गोरखा यातायात कम्पनी प्रा.लि.का अध्यक्ष खत्रीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button