तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेशका अवरुद्ध ५४ मध्ये ११ सडक खुलाइयो

विराटनगर । निरन्तरको वर्षा तथा बाढीपहिरो कारण कोशी प्रदेशका ५४ स्थानमा सडक अवरुद्ध भएकोमा आज साँझसम्म ११ स्थानका सडक खुलाइएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बाँकी रहेका ४३ स्थानका सडक खुलाउने प्रयास भइरहेको छ ।

कार्यालयका अनुसार आज साँझसम्म इलाममा १०, धनकुटामा १०, भोजपुरमा ४, ओखलढुङ्गामा ७, उदयपुरमा ४, सङ्खुवासभामा १, उदयपुरमा ४, सोलुमा २, तेह्रथुममा ३, सुनसरीमा ३ झापामा ४ तथा मोरङ जिल्लाका १ स्थानमा सडक अवरुद्ध भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button